|

काठमाडौं : गोरखाको छेपेटारमा ट्रिपरले किचेर एक महिलाको मृत्यु भएको छ।

घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी गोरखा नगरपालिका १० अमलापानीकी मनमाया तामाङलाई ग १ ख ८०२७ नंबरको टिपर किचेको हो। तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।   

महिला मृत्युपछि आक्रोशित स्थानीयको भिडले उक्त टिपरमा आगजनी गरेका छन्। त्यस्तै गोरखकाली क्रसर उद्योगमा रहेका करिब २ दर्जन टिप तथा एक्साभेटर तोडफोड गरेका छन्। 

क्रसरमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जिप्रका गोरखाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.