|

रुपन्देही : हालसम्म ५१ विधेयक दर्ता भएकोमा प्रदेश ५ को प्रदेशसभाले अहिलेसम्म ४८ विधेयक पारित गरेको छ।

प्रदेशसभा स्थापना दिवसका अवसरमा आज बुटवलमा प्रदेशसभा सचिवालयले आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो। प्रदेशसभाको पहिलो अधिवेशनले चार विधेयक पारित गरेको थियो। कूल १७ दिन चलेको सभामा २२ बैठक बसेको थियो। बैठकको अवधि कूल २० घण्टा २ मिनेट थियो।

दोस्रोले ११ र तेस्रो अधिवेशनले सबैभन्दा बढी २३ विधेयक पारित गर्‍यो। प्रदेशसभाको चौथो अधिवेशनले १० विधेयक पारित गरेको छ। जम्मा ३१ दिनमा कूल ४९ घण्टा ४१ मिनेट बैठक बसेको थियो। त्यस अवधिमा ३२ पटक बैठक बस्यो। पाँचौँ अधिवेशनमा वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भई सभामा पेश हुने क्रममा रहेको छ।

अहिलेसम्म दुईपटक बैठक बसेको सभाको समयावधि ५३ मिनेट रहेको छ। 'प्रदेशसभाको ‘विजनेश’ छ तर विधेयकको कमी छ', प्रदेश ५ का प्रदेश सचिव दुर्लवकुमार पुनले भने। उनले प्रदेशसभाबाट निर्माण भएका कानुनको मूल्यांकन र निगरानी गर्ने समय आएको उल्लेख गर्दै विधेयकको कार्यान्वयन के भइरहेको छ अध्ययन गर्न आवश्यक भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.