|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक बुधबारबाट जारी छ। समूहगत रूपमा छलफलपछि समूह नेताले आआफ्नो समूहबाट उठेका विषयवस्तु राख्ने क्रम जारी छ। 

शनिबार समूह नम्बर ५ का टोलीको टोली नेता ठाकुर गैरेले भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका छन्। समूहको तर्फबाट उठेका विषयवस्तुलाई राख्ने क्रममा गैरेले भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका हुन्। 

नेपालमा पछिल्लो समयमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नका लागि अरू विकल्पबाट न्यूनीकरण गर्न नकसक्ने भन्दै मृत्युदण्ड दिनुपर्ने सवाल उठेको प्रष्टाए। 

नेपालको संविधानमा मृत्युदण्डको व्यवस्था नरहेको भएपनि यस्तो कानुन निर्माण गरेरै भए पनि यो व्यवस्था लागू गर्न माग गरेका छन्। सार्वजनिक पद र सार्वजनिक सम्पत्तिमाथि कब्जा जमाउने र विभिन्न क्रियाकलापमा भ्रष्टाचार वृद्धि भएको ठहर गर्दै यस्तो माग गरेका हुन्। 

नेपाल संघीयतामा गएपछि स्थानीय, प्रदेश र संघीय सरकार निर्माण भएको छ। तीन तहको सरकारबाट पनि भ्रष्टाचार मौलाउँदै आएको आरोप लाग्दै आएको छ। 

उनीहरूले यती होल्डिङ्सको जग्गा भाडामा भएको अनियमितता, बालुवाटार जग्गा प्रकरणको बारेमा पनि तत्काल छानविन गर्नुपर्ने माग गरेका छन्। ठुला प्रकरणमा सरकारका मन्त्रीहरु, पार्टीका नेताकै संलग्नता भएको खुलन आएपछि यसबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.