|

म्यानचेष्टर युनाइटेड (म्यान्यू) लिग कप फुटबलको फाइनलमा पुगेको छ। सेमिफाइनलको दोस्रो लेगमा हल सिटीसँंग २–१ ले पराजित भए पनि समग्रमा ३–२ को जीतसहित म्यान्यू प्रतियोगिताको फाइनलमा पुगेको हो। 

बिहीबार राति भएको खेलमा हल सिटीका लागि टम हडलस्टोन र उमार नियासीले १\१ गोल गरे। म्यान्यूका लागि पउल पोग्बाले एक गोल फर्काए। सेमिफाइनलको पहिलो लेगमा म्यान्यू २–० ले विजयी भएको थियो। म्यान्यूले उपाधिका लागि अब साउथ ह्याम्पटनसंँग प्रतिस्पर्धा गर्नेछ। साउथ ह्याम्पटन लिभरपुललाई हराउँदै फाइनलमा पुगेको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.