|

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशैभरको मौसममा बदली भएको छ। यसक्रममा राजधानी काठमाडौंसहित पश्चिम नेपालका केही ठाउँहरुमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् विभूति पोखरेलकाअनुसार मौसममा आएको यो बदली शुक्रबार दिनभर जारी रहने छ। उच्च हिमाली भेगमा हिमपातसमेत हुनसक्ने उनले जानकारी दिए। मौसममा शनिबारदेखि सुधार पाेखरेलले बताए।

चिसोचिसो मौसममा एक्कासी वर्षा भएपछि राजधानीको जनजीवन प्रभावित भयो। सडकमा निस्किएका केहीले छाता तथा रेन कोटको व्यवस्था गरेका थिए भने केही भिज्दै हिँडेका देखिए।

यसैक्रममा राजधानी बानेश्वर क्षेत्रमा लिइएका तस्बिरहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.