अदालतबाट आजै म्याद थपिँदै

|

सुनसरी : एकजना महिलालाई २२ वर्षदेखि यौन शोषण गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा आत्मसमर्पण गरेका छन्। 

संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख राणाले इनरुवास्थित जिल्ला प्रहरीमा आत्मसमर्पण गरेपछि स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ।

जिल्ला अदालत सुनसरीले पक्राउ पूर्जी जारी गरेपछि उनी जिप्रका पुगेर आत्मसमर्पण गरेका एक प्रहरी अधिकारीले जानकारी दिए। उनलाई जिप्रकाले आजै जिल्ला अदालत सुनसरीबाट म्याद थप्‍ने भएको छ। 

एकजना महिलाले यौन शोषण गरेको र मार्नेसम्मको धम्की दिएको भन्दै उजुरी गरेपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो। यौन शोषणको विषयमा उनलाई अनुसन्धानका लागि अदालतबाट आजै म्याद थप गरिँदैछ। 

राणालाई उनी मुछिएको घटनाको अनुसन्धानमा प्रभाव पार्न सक्ने भन्दै गृह मन्त्रालयले निलम्बन गरेको थियो।

उजुरीमा ती महिलाले राणामाथि ‘यौन शोषण’ गरेको आरोप लगाएकी छिन्। कात्तिकको अन्तिम साता ती महिला उजुरी लिएर गृह मन्त्रालय पुगेकी थिइन्। ती महिलाले गृहमन्त्री रामबहादुर थापा तथा मन्त्रालयका उच्च अधिकारीहरूलाई भेटेर आफूमाथि यौन शोषण भएको दावी गरेकी थिइन्।    

गृह स्रोतका अनुसार राणा पहिलोपटक सुनसरी जिल्लाका प्रहरी उपरीक्षक (एसपी)मा कार्यरत रहँदादेखि नै ती महिलासँग चिनजान र सम्बन्ध भएको देखिन्छ। राणा २०६९ सालमा सुनसरी प्रहरी उपरीक्षक थिए। त्यसपछि पनि उनी ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको रूपमा कार्यरत् थिए।

राणा पछिल्लोपटक करिब तीन महिनायता संघीय प्रहरी इकाइ धरानमा कार्यरत् छन्। लामो समयदेखि सम्बन्धमा रहेका उनीहरुबीच राणा धरान पुगेसँगै सम्बन्ध चिसिएको थियो। आफूलाई मार्नेसम्मको धम्की दिएपछि ती महिला गृहमन्त्रालय पुगेकी थिइन्। ती महिलाले आफूलाई  पत्नी नै भनेर प्रयोग गरेको आरोप लगाएकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.