पार्टीमा झन् शक्तिशाली

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ। महासचिव विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित आइतवार पारित गरेको हो।

पाँच दिनदेखि राष्ट्रिय सभागृहमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै संगठन विभाग प्रमुख वामदेव गौतम पार्टीको उपाध्यक्ष भएका छन्। उनलाई नै उपाध्यक्ष बनाउनका लागि नेकपाले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा ल्याएको थियो।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार केन्द्रीय कमिटी बैठकले सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख गौतमलाई उपाध्यक्षमा निर्वाचित गरेको हो।

यसअघि ६ पुसमा स्थायी कमिटी बैठकले संगठन विभाग प्रमुख गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको थियो। बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। 

बैठकले नेताहरुको सुझावसहित उक्त प्रस्ताव पारित गरेसँगै वामदेव नेकपाका उपाध्यक्ष बन्‍ने बाटो खुल्ला भएको थियो। गत साउन २१ गते नै वामदेवलाई उपाध्य बनाउन नेकपा सचिवालयबाट निर्णय लिइएको थियो। 

नेकपाको विधानमा उपाध्यक्ष रहने व्यवस्था नहुँदा वामदेवलाई उपाध्यक्ष बनाउन नेकपाको विधान संशोधन गर्नुपर्ने थियो। विधान संशोधनको निर्णय नेकपाको केन्द्रीय कमिटीले गरेसँगै वामदेव पार्टीमा शक्तिशाली बनेका छन्। नेकपाको जारी बैठकले विधानमा ‘एक उपाध्यक्ष रहनेछ’भन्‍ने उल्लेख गरेसँगै बामदेव उपाध्यक्ष भएका हुन्। तत्कालिन एमाले र माओवादी केन्द्र बिच एकता गराउन उल्लेखनीय भूमिका खेलेका वामदेवलाई कदर गरिनु पर्ने माग उठिरहेका बेला उनलाई यो सम्मानित पद सिर्जना गरेर ल्याइएको हो ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.