नेपाली भूमिसहितको भारतीय नक्सा अमान्य

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक आइतवार सकिएको छ। राष्ट्रिय सभागृहमा पाँच दिनदेखि जारी बैठक विभिन्न समसामयिक विषय ११ वटा प्रस्ताव पारित गर्दै सकिएको हो।

बैठकले भारतले मिचेको ६० हजार हेक्टर भन्दा धेरै नेपाली भूमिदेखि, चीनमा फैलिएको कोरोना भाइरस र इरान–अमेरिकाबीचको द्वन्द्वले मध्यपूर्वमा देखिएको तनावबारे पनि प्रस्ताव पारित गरेको छ।

नेकपाको बैठकले भारतले २ नोभेम्बर २०१९ मा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर जारी गरेको राजनीतिक नक्सलाई अमान्य घोषित गरेको छ। 

दार्चुला जिल्लास्थित ती तीनै क्षेत्र तथा नवलपरासीको सुस्ता पनि नेपाली भूभाग नै भएको जनाउँदै नेकपाले भारतबाट लिइएको एकपक्षीय निर्णय अमान्य हुने पनि घोषणा गरेको छ। 

बैठकले इरान–अमेरिका तथा मध्यपूर्वका अन्य देशबीच देखिएको द्वन्द्वको वार्ताद्वारा समाधान हुनुपर्ने प्रस्ताव पारित गरेको छ।

मध्यपूर्वमा देखिएको तनावका कारण त्यहाँस्थित १० लाख भन्दा धेरै नेपाली प्रभावित हुनेतर्फ सरकारलाई सचेत गराउँदै नेकपाले सबैखाले कूटनीतिक पहल गर्न पनि भनेको छ। 

नेकपाले चीनमा फैलिएको कोरोना भाइरसबारे पनि एक प्रस्ताव पारित गर्दै चीनको प्रयासमा बलियो साथ रहेको जनाएको छ।

नोभल कोरोना भाइरस नियन्त्रणका लागि चीनले चालेको कदमको प्रशंसा गरेको नेकपाले त्यहाँस्थित नेपालीको आपतकालिन उद्धार गर्न पनि सरकारलाई भनेको छ। 

नेकपाले पारित गरेका प्रस्ताव 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.