|

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका इञ्चार्ज माइला लामा रिहा भएलगत्तै पुन: प्रहरीले पक्राउ गरेको छ। लामासहित चारजना नेकपाका नेताहरू रिहा भएलगत्तै आइतबार दिउँसो पुनः पक्राउ परेका हुन्।

जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले बिहीबार उनीहरूलाई रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि उनीहरू सबैजनालाई आतबार अदालतमा उपस्थित गराइएको थियो।

तर, अदालतबाट रिहा भएलगत्तै लामासहित नेकपा केन्द्रीय सदस्य नवीन विश्वकर्मा, तत्कालीन काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्याय र ईश्वर परियारलाई अदालत परिसरबाटै पक्राउ गरेहो हो।

यसअघि ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको बम विस्फोटको घटनामा र राज्यविरुद्धको अपराधमा संलग्न रहेको भन्दै उनीहरूलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.