|

यात्रा नै जीवन हो भन्नेहरू पनि धेरै भए, बाठाहरूले जीवन भनेकै यात्रा हो भनेर तर्साए। हिँड्नेले बिट मारेपछि असली यात्रा सुरु हुन्छ। नदेखिने यात्राको मनोरम यात्रा सधैँ नै उत्सुकता भरेर साउती मार्दै जीवनभोगका क्रममा आई पौरख देखाए।

खलङ्गाका बारेमा भारतीय संचार माध्यममा आएको समाचार पढेर मलाई न्यास्रो बनाएको थियो। वीर गोर्खालीको गाथा गाउनेहरू सबै भए, तर हराए। नयाँ पिँढीका वीरहरू, नाम मात्रका वीरहरू, माटोको गन्धभक्त बनेर तिरङ्गाको धूनमा भारतीय अतिवादीहरू र गोर्खालीविरुद्ध षड्यन्त्र गर्नेहरूको चपेटामा खलङ्गाको किल्ला परेको थियो।

खलङ्गादेखि टिष्टासम्मको गोर्खालीको गाथा स्कुले समयमा पढेको बाहेक मानसमा कुनै आकृति थिएन। गुगलको खोज पहिले खलङ्गा पुग्ने समय जुर्यो। 'थाहा प्रतिष्ठान'ले सम्पूर्ण प्रबन्ध गरेपछि प्रतिष्ठानको नेतृत्वमा रूपचन्द्रको चिन्तन बोकेर हाम्रो समूह भारत भम्रणका लागि निस्किएको थियो। संयोगले जोडिएकी पूर्वा सिंहको दक्षिणतर्फको यात्राले हामीह सबैलाई सजिलो बनाएको थियो। देहरादुनदेखिको संयोजनको एकल जिम्मेवारी पूर्वा सिंहलाई सुम्पेको थिएँ मैले। त्यो अनुरोध बन्यो कि अहोभाव बन्यो, परिणाम धन्य थियो। पहिले आत्मीयता अनि मात्र घनिष्ठताले ल्याउने परिचयको वृत्तमा पूर्वा वामपन्थी विचारधाराको जग नै भनेर पढिने मोहनविक्रम सिंहकी छोरी हुन् भन्ने कुरा धेरै पछि मात्र ज्ञात भयो। सबै जना समूह बनाएर खलङ्गा स्मारक पुगेका थियौँ।

खलङ्गाका बारेमा भारतीय संचार माध्यममा आएको समाचार पढेर मलाई न्यास्रो बनाएको थियो। वीर गोर्खालीको गाथा गाउनेहरू सबै भए, तर हराए। नयाँ पिँढीका वीरहरू, नाम मात्रका वीरहरू, माटोको गन्धभक्त बनेर तिरङ्गाको धूनमा भारतीय अतिवादीहरू र गोर्खालीविरुद्ध षड्यन्त्र गर्नेहरूको चपेटामा खलङ्गाको किल्ला परेको थियो। यो कुनै मानसिंह वा तैमूर वा अकबर, हुमायु, शाहजहाँको किल्ला थिएन, साधारण पहाडी सिपाहीको सम्झनामा अर्धसंरक्षण अवस्थामा राखिएको युद्ध स्मारक थियो। भव्य कलाकौशल र बडेमानको महल नभईकन गोर्खा एक भएका बेला बढ्दै गएको नेपालको भूभागको एक महत्त्वपूर्ण हिस्सा थियो। राज्यको पहुँच बढाउने सिलसिलामा थप अर्को एक लडाइँ जितेर इष्ट इण्डिया कम्पनीसँग लडेर नेपालको झण्डा फहराउने सपना वीर बलभद्र कुँवरको सम्मानमा नालापनीबाट युद्धतोप बर्षाइरहेका अंग्रेज फौजहरूको कदमलाई युद्ध रणनीति मानौँ वा अमानवीय र अप्राकृतिक कुटिल चाल भनौँ, जसका कारण नेपाली फौज पछि हट्नुपरेको थियो।

काठमाडौँबाट एक दर्जन सहभागी समूहमा सम्मिलित भएका थिए, यात्रादेखि बस्ने प्रबन्ध सबै 'थाहा दर्शन अध्ययन प्रतिष्ठान'का अध्यक्ष अजेयराज सुमार्गीको थियो। सन्तुलित समूह बनेको थियो। विचार, दल, स्तर र स्तरीयताका कारण पनि गोर्खाली पहिचानको संरक्षणमा जुर्मुराएको थियो यात्रामा सहभागी सबैको स्पन्दन।

इतिहास भन्छ

बेलायतीहरूसँग आधुनिक युद्ध सामग्री थियो, सैन्य संख्या पनि धेरै नै थियो गोर्खालीहरूको तुलनामा। संसार कब्जा गर्दै हिँडेका फिरङ्गीहरूको मनोबल त्यसै उचो थियो, तर नेपालीहरूको अदम्य साहसका अघिल्तिर घुँडा टेकेर आत्मसमर्पणको बाटो लाग्दै गर्दा कूटिलतापूर्वक सुल्झाएको जुक्ति थियो- पानीको मुहान कब्जा। तीन दिनसम्मको निरन्तर लडाइँपछि गोर्खाली समूहले किल्ला छोड्नुपरेको थियो।

नाङ्गा खुकुरी टल्काउँदै गोर्खाली फौज नारा लगाउँदै पानीको मुहान भेटाउन हिँडेको थियो। बलभद्रको साहसिक यात्रा त्यसै रोकिनेवाला थिएन, उनी हार नमानी लाहोर हुँदै हालको अफगानिस्तानतर्फ लागेर रन्जीत सिंहको फौजमा सामेल भई अंग्रेजका विरुद्धमा मोर्चा सम्हालेका थिए।

बचेका ७५ जनाको समूहसहित गोर्खाली सेनापति बलभद्र कुँवर खलङ्गा किल्लाबाट निस्किएका थिए। त्यो हार नभईकन पानीको प्यासमा निस्किएको प्यासी गाथा थियो, वीर गोर्खालीको शिर उँचो राख्ने पराक्रमी बिहानी यात्रा थियो। नाङ्गा खुकुरी टल्काउँदै गोर्खाली फौज नारा लगाउँदै पानीको मुहान भेटाउन हिँडेको थियो। बलभद्रको साहसिक यात्रा त्यसै रोकिनेवाला थिएन, उनी हार नमानी लाहोर हुँदै हालको अफगानिस्तानतर्फ लागेर रन्जीत सिंहको फौजमा सामेल भई अंग्रेजका विरुद्धमा मोर्चा सम्हालेका थिए। उनको मृत्यु पनि त्यही कालखण्डमा भएको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ।

संसारमा विजय-स्तम्भ बनाउनेहरूको कथा जताततै पाइन्छ तर विरोधीका बारेमा स्तुति लेखेर उनीहरूको प्रशंसा गरेको दूर्लभ दन्त्यकथा झैँ लाग्ने नालापानीको लडाइँ विश्व युद्ध इतिहासमा अनिवार्य गन्तब्य र खोजका रूपमा हालसम्म रहेको छ।

हाम्रो समूह स्थानीहरूको न्यानो स्वागत पाएपछि सोझै बिहानी 'रिफ्रेसमेन्ट'का लागि होटलतर्फ हानिएको थियो। एक दर्जन नेपाली भ्रमण दलमा भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीको पनि साथ थियो भने भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायको सहभागिताले नेपाल सरकारको चासो र महत्त्व झल्काएको थियो। खोला किनारको सुन्दर होटलमा चियापानपछि सबैजना गोर्खा स्मारकतर्फ लाग्यौ। इतिहासले चिनारी छोड्छ। जित्नेहरूको मात्र नभई हारेका भनिएका तर वीर सपूतको सलामी थियो, गोर्खा स्मारक। सहभागी सबैको मन जितेको थियो। गोर्खाली रगतका लागि तीर्थ भयो, इतिहासका महान् पूर्खाहरूका कारण सानो देश गोर्खाले नेपालसम्मको यात्रा तय गरेको थियो र हामीले नेपाली भनेर गौरव गर्नुपर्ने आधार काल थियो, दुई सय वर्षअघिको त्यो अग्लो गोर्खा वार। स्थानीय उत्तराखण्ड सरकारले पनि सम्पदा सूचीमा राखेकोले गोर्खा स्मारकको संरक्षण जाती नै थियो। ब्रिटीसहरूले गोर्खालीसँगको युद्धमा मारिएका आफ्ना जनरल जिलेस्पी र अन्य सैन्यहरूको स्मरणमा स्तम्भ बनाएका थिए, जसमा स्पष्टसँग वीर बलभद्रको साहसको कदर गरेको प्रमाण थियो। आर्श्चर्य नै भन्नुपर्छ, इतिहासमा युद्धका कैयौँ कुरूप दृश्यहरू आए, गए तर यस प्रकृतिको सम्झना र सम्मान एउटा दुर्लभ घटना थियो।

रकपछि हामी खलङ्गातर्फ लाग्यौँ। हरियाली जंगलको शिरानमा खलङ्गा किल्ला थियो। बाटोमा हामीले पानीको मुहान पनि अवलोकन गर्यौं, जहाँ गोर्खाली फौजका महिलाहरू नुहाउन र पिउने पानी लिनका लागि आउँथे। नजिकै देवीको थान पनि थियो, संरक्षणको अभावमा स्थानीयमध्ये थानलाई कसैले दुर्गा वा काली भन्दथे। अवशेष बाँकी नै थियो। जंगलको माझमा किल्ला नजिकै रहेको पूजाथानमा इतिहासको कुनै कालमा हाम्रा पूर्वजहरूले शक्तिको उपासना गर्दथे र युद्धका लागि तयार रहन्थे। त्यसको संरक्षण अभाव त्यहाँ देखिएको थियो।

खलङ्गा स्मारक संरक्षण समीतिका अध्यक्ष रामसिंह थापा सहयोगीहरू सहित २/३ घण्टाअघिदेखि नै पुगिसक्नुभएको थियो। किल्ला परिसरमा तस्वीर प्रदर्शनी राखिएको थियो। खलङ्गा किल्लाको सर्वोपरितालाई ध्यानमा राखी उत्खनन् गर्दा भेटिएका तोपका गोलालगायतका सामग्रीहरूको प्रदर्शनीलाई संयोजन सक्रिय सदस्य साहीजीले गर्नुभएको थियो।

सुमार्गीले खलङ्गा किल्ला मात्र नभई हिमाञ्चल क्षेत्रदेखि अफगानिस्तानसम्मको गोर्खाली पदचापलाई पछ्याउँदै 'ब्रेभरी लाइन अफ गुर्खाज' अर्थात गोर्खा निसानी यात्रामा पर्ने सबै क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनमा लाग्ने हातेमालो अभियानमा सबैलाई क्षमताअनुसार सहयोग गर्न अनुरोध गर्नुभएको थियो।

स्थानीय भूतपूर्व गोर्खा सैनिक अधिकारीका कुरालाई हामी सबैले सुन्यौँ र हामीले पनि आफ्ना मन्तव्य राख्यौँ। दुई दशकदेखि संरक्षणमा अविच्छिन्न लागिरहेका आरएस थापाको सक्रियतमा कुनै कमी थिएन। उही जोश र जाँगरका साथ किल्लाको संरक्षणमा लागिरहनुभएको थियो। लेखक मधु गुरुङको मन्तव्य सटिक र मन छुने खालको थियो। सबैजना संवेदनसील हुनुपर्यो भनेर सबैजनाको चासो थियो। 'थाहा दर्शन अध्ययन प्रतिष्ठान'का अध्यक्ष तथा समूहका संयोजक उद्योगी अजेयराज सुमार्गीले सबैको मन जित्नुभयो। घटना र दृश्यलाई केस्राकेस्रा केलाएर गहनता च्यात्न सक्ने कला उहाँको स्थानीय सबैले रुचिपूर्वक सुनेका थिए। अकस्मात सोह्र लाख रूपैयाँको सहयोग राशिको उद्‍घोष पनि उहाँ आफैँले गर्नुभयो। सबैजनाले अब किल्लाको दीर्घकालीन संरक्षण गतिलो पहलकदमी भएको विचार व्यक्त गरेका थिए।

सुमार्गीले खलङ्गा किल्ला मात्र नभई हिमाञ्चल क्षेत्रदेखि अफगानिस्तानसम्मको गोर्खाली पदचापलाई पछ्याउँदै 'ब्रेभरी लाइन अफ गुर्खाज' अर्थात गोर्खा निसानी यात्रामा पर्ने सबै क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनमा लाग्ने हातेमालो अभियानमा सबैलाई क्षमताअनुसार सहयोग गर्न अनुरोध गर्नुभएको थियो। साथै हरेक वर्ष हुने खलङ्गा म्याराथुनको आयोजन प्रबन्धनमा आवश्यक सामग्रीको जिम्मेवारी वहनसमेत थाहा प्रतिष्ठानले गर्ने प्रतिवद्धता सार्वजनिक थियो। छलफलमा माओवादीका नेता लीलामणि पोख्रेल, माननीय सांसद कर्णबहादुर थापा, माननीय सांसद वीरबहादुर बलायरलगायतका भ्रमण दलका सहभागीहरू र स्थानीय संस्थाका अधिकारीहरूले आआफ्ना मन्तव्य राख्नुभएको थियो। राजदूत उपाध्यायले खलङ्गा किल्लाको संरक्षणका लागि अजेयराज सुमार्गीले प्रदान गर्नुभएको रकम सुरुवाती मात्र भएको र यसबाट नेपाल र नेपालीभाषी माझ भ्रातृत्वको जालो फैलने बताउँदै संसारभरका नेपालीहरूका लागि वीर गोर्खालीको स्तम्भले हामी सबैको शिर उँचो राख्ने बताउनुभएको थियो।

बिट्रीशले बनाएको शिलालेख जहाँ शत्रु सेनापति बलभद्रलाई वीर भनिएको छ

समयको सीमितता थियो। पूर्वा र अन्य सहयोगीहरूको उल्लेखनीय सक्रियताका कारण हाम्रो समूह जोली ग्रन्ट एयरपोर्टमा समयमै पुग्न सफल भएको थियो। आसन्न उत्तराखण्डको चुनावी माहोल र भारतीय प्रधानमन्त्री मोदी देहरादुन आउने कार्यतालिकाले विमानस्थलको व्यस्तता र सुरक्षा संवेदनीलता बढाएको थियो। मौसमका कारण केही घण्टा अबेर भए पनि हामी दिल्ली सहजै पुगेका थियौँ र साँझको डिनर राजदूत उपाध्यायको निमन्त्रणामा दूतावासमा आयोजना गरिएको थियो। संयोगवश पूर्व अर्थमन्त्री रामशरण महत र बैंकर पृथ्बीबहादुर पाण्डेसँग पनि दूतावासमा भेट भएको थियो। हाम्रो समूह खानाका लागि तयार हुँदै गर्दा उहाँहरू निस्कने तरखरमा हुनुहुन्थ्यो। खानाका क्रममा ८४ वर्ष पुरानो बालकृष्ण समले बनाएको पेन्टिङ डाइनिङरुममा भव्य आभाका साथ हामी सबैलाई हेरिरहेको थियो। सबैको दृष्टि प्रकाशनमा आयो, मत अभिमतमा कालातीत् नेपाली कलाकारहरूका चित्रहरूले नेपालको गरिमा बढाउने सबैको राय थियो। समय समयमा आवश्यक सम्हार सुधारको कामलाई टार्न नमिले पनि प्राथामिकतामा परेका कतिपय कामहरूको कार्यान्वयन हुन नसकेको सूची राजदूत उपाध्यायसँग लामो थियो। त्यो दूतावासको मर्मतदेखी, चालक र गाडीको संख्याको तारतम्य नमिल्दै गर्दा एउटा 'नेपाल हाउस'को परिकल्पना पनि गरिएको थियो। शहरको मध्यभागमा नेपाली शानका रूपमा उभिएको दूतावास भारतमा स्थापना गरिएका अन्य विदेशी नियोगहरूका तुलनामा सबैभन्दा जेठो थियो।

ब्रिटीशले बलभद्रलाई आफ्नो सेनापति सरह राखेर बनाएको स्मारक

नेपालमा राणाशासनको ठाडो शासन चलिहरकै बेला निर्माण गरिएको नेपाली दूतावासको डिजाइन पनि बेलायती प्रभावबाट टाढा थिएन। राजा त्रिभुवनले खाने डाइनिङ टेबल भन्दै हामीले खाना खाइरहेको सामान्य टेबलको असामान्य महत्त्व दर्शाइरहेका थिए- सबैका दाइ दीप अर्थात राजदूत दीपकुमार उपाध्याय। इतिहासमा पहिलो राजदूत, जो आफ्नो आलोचनाका कारण पनि दोस्रो कार्यकालका लागि देशको अग्रगमनको चासो राख्दै सरोकारका सबै स्थान र व्यक्तिहरूसँगको छलफलमा लागिरहेको छ। भन्नेहरूले प्रारब्धको खेला भन्लान्, जब तर्कहरू मधुरा हुन्छन्। तर राजदूत महोदयको सेवाभाव र सहभागिताले दुई देशको सम्बन्धमा धेरै ऐतिहासिक शृङ्खलाहरू जोडिनेछन् भन्ने अनुमान मलाई भइरह्यो, त्यो कलाका क्षेत्रमा हुनसक्छ, संस्कृतिका विषयमा हुनसक्छ, कूटनीतिको क्षेत्रमा हुनसक्छ। धेरै शीर्षहरू नेपाल हाउसको गर्भगृहमा साउती मारिरहेको भान मलाई भइरहेको छ।

अर्को दिन बिहानमा सबैजना दिल्लीका महत्त्वपूर्ण स्थानहरूको अवलोकन भ्रमणमा निस्कीए भने साँझको कार्यक्रम नेपाल र भारतको सम्बन्धमा नयाँ सोच र अवधारणासहित देखापरेको थियो। भारतीय जनता पार्टीका नेता तथा दिल्ली स्टडी ग्रुपका अध्यक्ष विजय जोली र नेपाली उद्योगपति अजेयराज सुमार्गीको संरक्षकत्वमा 'इण्डिया-नेपाल बिजनेस फोरम'को समुद्‍घाटन कार्यक्रम एक भव्य समारोह माझ प्रसिद्ध होटल ताज प्यालेसमा गरिएको थियो। विशेषतः भारतका व्यवसायीहरू, विभिन्न दलका नेतृत्वहरू, कूटनैतिक नियोगका अधिकारीहरू, नेपाल-भारत विषयक उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालका तर्फबाट अरूणराज सुमार्गीले मन्तव्य राख्नुभएको थियो भने भारतका तर्फबाट मुकेश गुप्ताले बिजनेस फोरमका आगामी कार्यक्रमबारे बोल्नुभएको थियो। नेपालका लागि रिपब्लिक अफ बेलारुसका कन्सुलरसमेत रहेका यस बिजनेस फोरमका संरक्षक अजेयराज सुमार्गीको भव्य सम्मान दिल्ली स्टडी ग्रुपले कार्यक्रममा गरेको थियो।

भारत तथा नेपालका लागि बेलारुसका राजदूत भिटाली प्रिमाको उपस्थितिलाई गीतकार तथा कवि अस्मिता सुमार्गीको सम्मानले कार्यक्रममा विस्तृतता थपेको थियो। पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल-भारत सम्बन्धलाई खलल पुर्याउनुको कारण अतिरञ्जित समाचार पनि एक हो भन्दै गठित इण्डो-नेपाल बिजनेस फोरमले आउने दिनमा आर्थिक समुन्नतिका आधारमा दुई देशको घनिष्ठतामा अझ निखार आउने बताउनुभएको थियो।

भारत तथा नेपालका लागि बेलारुसका राजदूत भिटाली प्रिमाको उपस्थितिलाई गीतकार तथा कवि अस्मिता सुमार्गीको सम्मानले कार्यक्रममा विस्तृतता थपेको थियो। पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल-भारत सम्बन्धलाई खलल पुर्याउनुको कारण अतिरञ्जित समाचार पनि एक हो भन्दै गठित इण्डो-नेपाल बिजनेस फोरमले आउने दिनमा आर्थिक समुन्नतिका आधारमा दुई देशको घनिष्ठतामा अझ निखार आउने बताउनुभएको थियो। उक्त ऐतिहासिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को शुभकामना सन्देशलाई राजदूत दीपकुमार उपाध्यायले पढेर सुनाउनुभएको थियो। शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनैतिक गतिरोध र दुई देशको कूटनैतिक उतार-चढावलाई आर्थिक सहकार्यका माध्यमले सदियौँदेखिको नेपाल-भारत सम्बन्धको गहिराइ र उचाइमा फोरमले प्रगति गर्ने र आपसी लाभका विषयमा छलफल र अवसरको थलो हुने बताउनुभएको थियो।

औपचारिक कार्यक्रमको समापनपछि रात्रिभोजसँगै साङ्गीतिक प्रस्तुति पनि राखिएको थियो। यात्राको गहकिलो संयोजनमा कुनै अभाव थिएन। छोटो समयमा पनि निर्धारित कार्यक्रमहरू सुचारु भएका थिए र नेपाल-भारतको सम्बन्धलाई नयाँ आयाममा लिएर जाने प्रतिवद्धता चारैतिरबाट आइरहेको थियो।

माननीय सांसद कर्णबहादुर थापाको नोटिस गज्जबको थियो। उहाँको निजी आँकडालाई सत्य मान्ने हो भने दिल्लीका ९० प्रतिशत मोटरगाडी क्षतिग्रस्त थिए, सायद सबै भारतको अवस्था त्यही पो हो कि भन्ने पनि थियो। ट्राफिक नियमको अवस्था नाजुक थियो। कुच्चिएका, घस्रिएका, चर्केका, फुटेका, लुकिङ मिरर नभएका मोटरहरूको संख्या घतलाग्दो थियो। धेरै अर्थमा नेपाली भूभाग र नेपाली नीतिको विशिष्टतामाथि उहाँको सम्मान र भरोसा दुबै थियो। उहाँको भरोसा र विश्वासलाई स्वस्थ र ताजगी बनाई नयाँ युगका लागि देश निर्माणमा सहभागी हुने युवाहरूको खाँचोको प्रतीक्षा सबैको छ। हुनसक्छ, यो यात्रा त्यसैको आधार यात्राका रूपमा नेपाल र नेपालीको विरासतलाई फेरि उचाइमा पुर्याउने ऐतिहासिक कदम हुनेछ। थाहासहितको अध्ययन अनुसन्धान कदममा सहभागी सबैको उत्साहले आगामी दिनहरूमा प्रतिष्ठानले इतिहासमा ओझेल परेका विषयहरूको उत्खनन् गरी नेपाल र नेपालीको स्वाभिमानलाई जगजाहेर गर्नेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.