|

जनकपुरधाम : प्रदेश-२ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भएको छ। प्रदेशसभा भवन परिसरमा दोस्रो वार्षिकोत्सब समारोह चल्दैछ। बाहिर मुख्यद्वारमा भने भुक्तानी पाउन नसकेका उपभोक्ताहरू धर्नामा बसेका छन्।

गत आर्थिक वर्षमा गरेको कामको अहिलेसम्म भुक्तानी नदिएपछि धर्ना बसेको उपभोक्ता संघर्ष समितिका संयोजक रोषणसिंह राणाले बताए। उनका अनुसार प्रदेश-२ का करिब आठ सय उपभोक्ता समितिले काम गरेको ९० करोड बढी रकम भुक्तानी दिएका छैनन्।

उपभोक्ताहरू प्रदेशसभा बाहिर धर्ना बसिरहेको अवस्थामाभित्र प्रदेश सरकारको उपलब्धिको प्रशंसा गर्नमा व्यस्त छन्। प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा भइरहेको वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री लालबाबु राउत, मन्त्री, सांसद, सुरक्षा अधिकारी, विभिन्न दलका नेतालगायतको उपस्थित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.