ओली सरकारालई ज्ञानेन्द्रको हालतमा पुर्याउने चेतावनी
ओली सरकारालई ज्ञानेन्द्रको हालतमा पुर्याउने चेतावनी
इटहरी : विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा हालेको भन्दै नेपाली कांग्रेसले प्रदेश १ को संसद बैठक पनि अवरुद्ध गरेको छ। प्रदेश १ को हिउँदे अधिवेशनको आइतबार बसेको प्रदेश सभा बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको छ।
नेकपाका नेताहरुलाई जोगाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गच्छदारलाई एकतर्फी मुद्दा चलाएको भन्दै प्रदेश सभा अवरुद्ध गरिएको हो।
सरकारले सर्वसत्तावाद लागू गरेको भन्दै संसद अवरुद्ध गर्न बाध्य भएको कांग्रेस प्रदेश १ का संसदीय दलका सचेतक सूयार्माराज राईले बताए। आइतबारको सदन अवरुद्ध भएपछि २७ माघ दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।
सभामुख प्रदीपकुमार भण्डारीले पटक पटक सदन सुचारु गर्न आग्रह गरेका थिए। तर कांग्रेसले विरोध नरोकेपछि बैठक सरेको हो। विचार र आस्थाको आधारमा गच्छदारमाथि मुद्दा चलाएको आरोप लगाउँदै कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई ज्ञानेन्द्र शाहको हालतमा पुर्याउने चेतावनी दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको सरकारी जग्गा बेचेको आरोपमा कांग्रेसका नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले विरोध जनाउँदै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।