|

मान्छेहरू भन्छन्
नदीमा पुल छैन पुल राख्न पर्‍यो


नदीभरी नदीलाई नै ढाक्नेगरी
पुलैपुल देख्छु
पानीको

पुल नभएको भए नदीमा
कसरी चल्थे डुंगा
वारिका पारि
पारिका वारि

कसरी पौडेर पुग्थे मान्छे
पारिका वारि
वारिका पारि

मान्छेको मनमा पनि पुल हुन्छ
नत्र किन आउँथ्यो यसरी घरीघरी
मलाई तिम्रो याद
तिमीलाई मेरो याद

मान्छेहरू भन्छन् नदीमा पुल छैन पुल राख्‍न पर्‍यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.