|

जाजरकोट : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मिडियाले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपाल जाजरकोटले आयोजना गरेको पत्रकार आचारसंहिता विषयमा भएको छलफलमा उनले यस्तो बताएका हुन्।

मिडिया छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो नपर्ने उनको भनाइ छ। मिडियाले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्ने कुरामा उनको धारणा छ।

महासंघको नयाँ भवनसमेत मन्त्री बस्नेत र केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त उद्घाटन गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह र प्रेस कान्सिल सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाईं, पत्रकार महासंघका कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्मा सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.