|

काठमाडौं : गास, बास, कपासपछि यौनलाई मानिसको आधारभूत आवश्यकताभित्र राखिन्छ। यौन नभइ नहुने भएपनि पछिल्लो समय पश्चिमी संस्कृतिको छाडापनका कारण यो खुलेआम बन्दै आएको छ। काठमाडौं लगायत देशभर खुला रुपमा यौन ब्यवसाय मौलाउँदा स्थानीय प्रशासन भने चुप भएर बस्ने गरेको छ। 

काठमाडौंको रत्नपार्क, ठमेल, सोह्रखुट्टे, बसपार्क क्षेत्र, पोखरा, नेपालगञ्ज, धरान लगायतका बिभिन्न शहरहरुमा खुलेआम यौन धन्दा मौलाएको छ। राजधानीका मसाज सेन्टरहरुमा पनि यस्ता गतिविधि हुने गरेको सम्द्वद्ध भुक्तभोगीहरुको भनाइ रहेको छ। 

यौन व्यवसायीहरुले भने रोजीरोटीका लागि आफूहरु यौन पेशा अगाल्न बाध्ष भएको प्रतिक्रिया दिने गरेका छन्। महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले खुला रुपमा यौन व्यवसाय मौलाएको स्वीकार गर्दै नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए। 

विशेष गरी सर्वसाधारण यात्रु हिँड्ने बढी भीड हुने स्थानमा सादा पोशाकमा छड्के रुपमा प्रहरी खटाएको कार्कीको भनाइ छ। नेपालमा खुला यौन क्रियाकलापले कानुनी मान्यता पाएको छैन। प्रहरीले हालै पाँच जना पुरुष विरुद्ध मानव बेचविखन शीर्षकमा मुद्दा दायर गरेको छ। शारीरिक शोषण गरेको प्रमाण पुष्टी भए कानुन बमोजिम कारबाही गर्ने प्रहरीले बताएको छ। महिलाहरुले बाध्यताले यौन पेशा अंगालेको पाइएकाले पछिल्लो समय एक सय जनालाई सम्झाइ बुझाइ गरी पठाइएको महानगरीय प्रहरी परिसरका एसपी कार्कीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.