|

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकन्त्रलाई आपनो अनुकुलमा ढाल्ने प्रयत्नमा कम्युनिष्टहरू लागेको आरोप लगाएका छन्। नेपाली कांग्रेस व्यास नगर समिति तनहुँद्वारा शुक्रबार दमौलीमा आयोजित नगर सम्मेलनमा वरिष्ठ नेता पौडेलले राज्य व्यवस्था कम्प्युनिष्ट अनुकूलताको व्यवस्थामा ढाल्ने प्रयास गरेको बताएका हुन्।

‘जनतालाई आफ्नो उत्तर कोरियाको जस्तो शासन व्यवस्था ल्याउने प्रयासमा अगाडि बढेको छ,’ पौडेलले भने। जनताले दिएको अधिकारलाई कुष्ठित गर्ने काम सरकारबाट भएको उनको भनाइ छ। दुई तिहाइको दम्भले कम्युनिष्टहरूमा अहंकार बढेको पौडेलको भनाइ थियो। पौडेलले बिपी कोइरालालाई प्रजातान्त्रिक समाजवादको प्रेरणाको रूपमा चित्रण गरे।

विगतमा कांग्रेस नेतृत्वको सरकारले गाउँ-गाउँमा विकासका पूर्वाधार खडा गरिसकेको दावी गर्दै अब गाउँ नै रोजगारी र गाउँमै आम्दानी आउने अभियान चाल्नुपर्ने बताए। बहुमतको आडमा संविधानलाई उल्ट्याउनतर्फ कम्युनिष्ट सरकार लागिपरेको पौडेलले दावी गरे। यसलाई बदल्ने दुष्साहस गरेको बताउँदै सरकारका यस्ता कार्यले सूर्यलाई भोट हालेकोमा पछुतो मानिरहेको उनको पौडेलको भनाइ थियो।

अहिले  सरकारको  कार्यकारी अधिकार राष्ट्रपतिमा सार्ने खेल शुरु भएको उनको भनाइ छ। पहिलो खुड्किलो राष्ट्रपति शासन व्यवस्था लागू गर्ने भनेर राष्ट्रपतिलाई बलियो बनाउनतर्फ सारा प्रयास भएको उनको आरोप छ।

‘प्रहरीको तालिम केन्द्र समेत प्रभावित पारेर राष्ट्रपतिको भवन शीतल निवासले नपुगेर विस्तार गरिँदैछ,’ पौडेलले भने, 'राष्ट्रपतिलाई राष्ट्रपति शिक्षा कार्यक्रम पनि अगाडि सारिएको छ,  हिजो राजाले सीधै गाउँमा आएर विद्यालयलाई रकम दिन्छु भनेर भन्ने राष्ट्रपति कार्यालयलाई कार्यान्वयन गर्ने भनिएको पनि कार्यकारी अधिकार राष्ट्रपतिमा सारिंदैछ भन्ने प्रष्ट हुन्छ।’

केपी ओली नेतृत्वको वर्तमान सरकारले संविधान प्रदत्त मौलिक हक कुण्ठित गर्न खोजेको पौडेलले दावी गरे। देश कांग्रेसले नै बनाउने उनको भनाइ थियो। ‘जनताले प्रदत्त गरेको अधिकार कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रता, मौलिक अधिकार र ट्रेड युनियन स्वन्तत्रतालाई कानुन बनाएर कुष्ठित गर्ने प्रयास गरेको छ’ उनले भने।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले कांग्रेसको कमीकमजोरीलाई सुधार्दै पार्टी बलियो बनाउनतर्फ लाग्नुपर्ने बताए। भण्डारीले कम्युनिष्टले जनताको अधिकारलाई कुण्ठित गर्दै अगाडि बढेकोले त्यसको प्रतिपक्षी भूमिका कांग्रेस राम्रोसँग निभाउनुपर्ने बताए।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टी भित्रका कुटबन्दीको अन्त्य गरी अनुसुशासन कायम गर्नुपर्नेमा जोड दिए। उनले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न सके कुनैपनि शक्तिले काँग्रेस कमजोर बनाउन नसक्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस व्यास नगर समितिका सभापति शान्तिरमण वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति वैकुष्ठ न्यौपाने, कार्यवाहक सभापति जीतप्रकाश आले, संविधानसभा सदस्य धुव्र वाग्लेलगायतले सरकारको वाइडबडी, बालुवाटार जग्गा प्रकरण, निर्मला हत्याकाण्ड, एनसेल काण्ड, गोकर्ण रिसोर्ट काण्ड जस्ता घटनाले कम्युनिष्ठलाई मत पुगेको पछुतो मानिरहेको र अब कांग्रेसले मन जित्ने गरी जनतासम्म पुग्न सक्नुपर्नेमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.