|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गरेका छन्। तर, प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरूले असतुष्टि जनाएका छन्। सरकारले दुई वर्षमा देशको मुहार फेरेको अभिव्यक्ति दिएपछि पनि सांसदहरूले प्रश्न गरेका हुन्। 

प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले सीमा विवादको बारेको विषयमा सरकारको आलोचना गरे। उनले सीमा विवादको विषयमा प्रधानमन्त्रीस्तरीय वार्ता कहिले हुन्छ भन्ने प्रश्नसमेत गरेका छन्। नेपाली भूमि नसमेटिएको कहीँ नक्सा हुन्छ? नेपाली सेना कहिले राखिन्छ? भन्ने प्रश्न गरेका छन्। 

हाँस्न पाइँदैन रुन पाइँदैन भन्ने कुरा भन्ने कुरालाई सांसद पुष्पा भुसालले पनि असन्तु‍ष्टि व्यक्त गरिन। संविधान कार्यान्वयनको गरको कुरामा पनि असतुन्‍तुष्टि व्यक्त गरिन्। प्रधानमन्त्री ओली मन्त्रीपरिषद्‍मा महिला सहभागिताको विषयमा ख्याल नगरेको बताइन्। 

नेताहरू ठेकेदार भएको भन्दै कुरा उठाइरहँदा सरकारले काम गर्न नसकेको सांसद प्रेम सुवालले बताए। भक्तपुरमा कोरोना भाइरस राख्नु नगरकोटका पर्यटनलाई ध्यस्त पार्नु भएको बताए। 

राष्टवादको टोपी लगाएको सरकारले जनातको पक्षमा काम र्गा नसकेको सांसद डिला संग्रोलाले बताइन्। सरकार भ्रष्टाचारको विषयमा  किन शति गयो, नीतिगत भ्रष्टाचार गर्नुको कारणले केहो? भन्दै प्रश्न गरिन्।  

एक दिनमा रेल पानीजहाज आउनु कुरा गर्नेभएको थियो तर, त्यो कहिले आउँछ सांसद लक्ष्मी परियारले प्रश्न गरिन्। ललितानिवास प्रकरणमा आफ्ना काखा अरुलाई लाखा गर्नुको कारणसमेत मागिन्। 

सामुदायिक विद्यालयका बाल शिक्षकले ६ हजारमा कहिलेसम्म अध्यायपन गराउनुपर्ने भवानी प्रसाद खापुङले प्रश्न गरे। विद्यालय कर्मचारीले ४देखि ५ हजार सम्ममा अझै शिक्षण गरिरहेका छन्। सरकारले तोकेको न्यूनतम रकम कहिले पाउँछन् उनले भने। 

विवादित एमसिसीको संसद् र सडकबाट समेत आलोचना भएको कारणले सरकारको आधिकारी धारणा सार्वजनिक गर्न सांसद प्रकाश रसाइलीले माग गरे। पेट्रोलियम पाइपलाई विषमा सबै भारतले गरेका कुरालाई सरकारलाई उपलब्धि राख्नु लाजमर्दो भएको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.