|

काठमाडौं : जवरजस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महराको स्वागतमा सयौँ शुभचिन्तक डिल्ली बजार कारागार क्षेत्रमा पुगेका छन्।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जवरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले अभियोग दाबी नपुग्‍ने भन्दै महरालाई आइतवार सफाइ दिएको छ। 

सफाइ पाएसँगै महरा रिहाइको आवश्यक प्रक्रिया पूरा गर्नका लागि सदर खोरमा पुगेका छन्। महरा रिहा हुने खबर पाएसँगै सयाौँ शुभेच्छुकहरु अहिले डिल्ली बजार क्षेत्रमा जम्मा भएका छन्। 

महरालाई सफाइ दिएको खबर पाएलगत्तै अनेरास्ववियूका नेता दिपेश पुनसहित डिल्ली बजार पुगिसकेका छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.