|

काठमाडौं : संघीय संसदका तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको अभियोगबाट सफाइ पाएका छन्। पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीको बयानलाई नै आधार मानेर सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई पूर्ण सफाइ दिएको हो।

‘आज भएको फैसलामा प्रतिवादी कृष्णबहादुर महराले सफाई पाउनु भएको छ,’ अदालतका श्रेस्तेदार आनन्दराज श्रेष्ठले भने, ‘प्रतिवादीको तत्काल अनुसन्धानको क्रममा भएको बयान र यस अदालतमा भएको बयानलाई पुष्टि गर्दै सफाइ भयो।’ 

रोशनी शाहीले जाहेरी दिँदा र अदालतमा उपस्थित हुँदा बयान फेरेपछि महाराले सफाइ पाउने बाटो खुलेको हो। ‘घटनाको दिन आफ्नो डेरा कोठामा आउँदै नआएको र प्रतिवादीले कुटपिट नगरेको, पीडितले अभियोग दाबीबमोजिम कसुर नगरेको भनी स्पष्ट खुलाइदिएकोले कृष्णबहादुर महराले पूर्ण सफाइ पाउनुभयो’ श्रेष्ठले भने। रोशनीले जाहेरी दिँदा महरा आफ्नो डेरामा आएको र कुटपिटसमेत गरेको उल्लेख गरेकी थिइन्। 

त्यस्तै, रोशनीको डेरामा भेटिएको महराको चस्मा तथा गिलासमा रहेको औँठा छाप विश्लेषण गर्न नपाइएको पनि अदालतले बताएको छ। ‘परीक्षणका लागि पठाइएको गिलास चस्मामा रहेको औँठाको छाप प्रतिवादीको औँठाको छापसँग तुलनात्मक रुपमा विश्लेषण गर्न पाइएन’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.