|

काठमाडौं : चीनको केरुङबाट अवैध रूपमा सुन ल्याउँदै गर्दा रसुवा गत्लाङ–२ का वीरेन लामा पुस ६ गते रसुवागढी नाकाबाट पक्राउ परे। लामा पक्राउ परेको एक महिना बित्न नपाउँदै माघ १० गते सिन्धुपाल्चोक सिम्पाल घर भई रसुवाको यार्सा–९ मा बस्दै आएका ४६ वर्षीय चक्रबहादुर धमला एक सय १७ ग्राम सुनसहित टिमुरेबाट पक्राउ परे।
लामा र धमला त सुन तस्करीमा संलग्न हुने प्रतिनिधि मात्र हुन्। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकामा सक्रिय रूपमा लागेको विभिन्न समयमा पक्राउ पर्नुले पनि पुष्टि हुन्छ। चीनबाट रसुवागढी नाका हुँदै नेपालमा सुन भित्र्याउने गिरोह सक्रिय भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार साढे २ वर्षमा रसुवागढी नाका हुँदै सुन तस्करी गर्ने ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अधिकांश रसुवाका बासिन्दा नै छन्। 

रसुवामा हुनसक्ने गैरकानुनी क्रियाकलाप र अवैध तस्करी रोक्नका लागि नाममात्रका ११ वटा सुरक्षा चेक पोस्ट निर्माण गरिएको छ। नेपाली सेनाका ४ नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका २ चेक पोस्टमा  चेकजाँच हुने गर्दछ।

अधिकांश चेक पोस्टमा ‘गाडी इन्ट्री’को मात्र तथ्यांक राख्ने गरिएको छ। गाडीको नम्बर, लाइसेन्स नम्बर, साहुको नाम, चालकको नाम यात्री संख्या, मोबाइल  नम्बर टिपेर गाडी जाँच नगरी छाड्ने गरिन्छ। गाडीको भित्री पार्टपुर्जामा हालेर सुनलगायतका सामग्री ल्याउने हुनाले प्रहरीले सुइँकोसमेत पाउँदैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.