|

मुस्लिम बहुल ७ देशका आप्रवासीमाथि लगाइएको प्रतिबन्धलाई लिएर चौतर्फी विरोध भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्णयमा अडिग रहेको बताएका छन्। राष्ट्रपति ट्रम्पले वक्तव्य निकालेर भिसासम्बन्धी आफ्नो निर्णय अमेरिकाका लागि सबैभन्दा सुरक्षित नीति भएको दाबी गरेका हुन्।

ट्रम्पले यसलाई मुस्लिम माथिको प्रतिबन्ध भन्न अस्वीकार गरेका छन्। विभिन्न संघीय अदालतले प्रतिबन्धमाथि अस्थायी रोकको घोषणा गरेको र विभिन्न क्षेत्रबाट बिरोध भएपछि ट्रम्पले ट्वीटरमार्फत आफ्नो आदेश कुनै धर्मप्रति नभई आतंकवादप्रति लक्षित रहेको र देशलाई सुरक्षित राख्नका लागि भएको बताएको बीबीसीले जनाएको छ।

ट्रम्पले आगामी ९० दिनमा सबैभन्दा सुरक्षित नीति तय गरी त्यसको समीक्षा र कार्यान्वयन गरी सबै देशका लागि भिसा जारी गर्ने पनि बताएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.