|

  • बिदुर कटुवाल

उदयपुर : त्रियुगा नगरपालिका ३ की लिला विकका श्रीमान् टिबी रोगका कारण बिते। अहिले ४ वर्षका छोराको दुबै मिर्गौला खराब भएको छ।

‘उपचार गर्न नसक्दा श्रीमान बित्नुभयो, ज्याला मजदुरी गरेर खाने मेरो परिवारमा अहिले ४ वर्षे छोरालाई मृगौला रोग लाग्यो उपचार गर्न आर्थिक सहयोग पाउन हजुर !,’ उनले सहयोगका लागि सर्वसाधारणसँग अपिल गरेकी छिन्। 

आर्थिक आर्थिक अवस्था भएकी लिलाले मिर्गाैला रोगी छोरा किसन विककोे उपचारका लागि खर्च अभाव भएको बताइन्। उनी सहयोगको अपिल गर्दै  सदरमुकाम गाइघाटमा रहेका सरकारी तथा गैर सरकारी निकायको ढोका ढक्ढक्याइरहेकी छिन्। 

ज्याला मजदुर गरेर दुई छाक टार्ने मेरो दैनिकीले छोरालाई उपचार गर्न सकिन,’ जिल्ला बाल हेल्पलाइनको कार्यालयमा निवेदन दिँदै गर्दा सोमबार उनका आँखा रसाएका थिए। ‘दैव पनि ममाथि मात्र खनियो, गएको वर्ष श्रीमान बित्नुभयो, अहिले छोरालाई मिर्गाैला रोग लाग्यो उपचार गर्ने पैसा छैन, सहयोग पाईन्छ की भनेर निवेदन दिएकी हुँ,’ उनले भनिन्। 

गाइघाटमा खोलाको बगरमा सम्पतिको नाममा ५ धुर ऐलानी जग्गामा रहेको घर पनि नबिकेको उनले बताइन्।‘ उपचार गर्नका लागि बेच्न खोज्दा घर पनि बिकेन। दुई छोरालाई पढाउने धोको थियो, एउटालाई प्राणघातक रोग लाग्यो।’ लिलाको जेठो छोरो १० वर्षका छन्। उनका आफन्तको समेत आर्थिक अवस्था कमजोर छ।

यसरी पत्ता लाग्यो समस्या 

गएको भदौमा छोराको पेट सुन्‍निन थालेपछि जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारका क्रममा जिल्ला अस्पतालले मुटुको रोग लागेको बतायो। त्यसपछि छोरा किसानलाई उपचारका लागि काठमाडौंको गंगालाल हृदय रोग निवारण केन्द्र लैजान जिल्ला अस्पतालले सुझाव दियो।

गंगालालमा चेकजाँच गरेपछि समस्या मुटुको नभएर मिर्गौलाको भएको पत्ता लाग्यो। गंगालले मिर्गौलाको उपचारका लागि कान्ति बाल अस्पताल रिफर गर्‍यो। तर कान्ति बाल अस्पतालले मागेको खर्च लिलाले तिर्न सकिनन्। गाईघाट फर्किएर उनले छोरालाई विराटनगरस्थित नोबेले मेडिकल कलेज भर्ना गरिन्। अहिले यही अस्पतालमा छोरा किसनको  उपचार भैरहेको छ। 

नोबेलमा उपचार गर्ने क्रममा ४६ हजार रुपैयाँ खर्च भैसकेको उनले जानकारी दिइन्। अझै पनि किसानको स्वास्थ्यमा सुधार भएको छैन्। त्यसैले खर्च जुटाउनका लागि छोरा किसानलाई लिएर आमा लिला विभिन्‍न सरकारी कार्यालय तथा संघ–संस्था धाइरहेकी छिन्। 

बाल हेल्प लाइनमा दिएको निवेदनको आधारमा जिल्लास्थित सरकारी तथा गैर सरकारी संस्थाले आर्थिक सहयोग जुटाउने पहल सुरु गरेको गैर सरकारी संस्था नेस्पेक उदयपुरकी अध्यक्ष गंगा राईले बताईन्। ‘आर्थिक अवस्था कमजोर भएकाले बाल हेल्पलाईनमा निवेदन आयो,’ गंगाले भन्नि, ‘तीन सदस्य समिति बनाई आर्थिक संकलनमा जुटेका छौ, सकेको प्रयास गरेर लिलाको छोरा बचाउने छौ।’

मिर्गौला पीडित ४ वर्षे  बालक किसन विकलाई आर्थिक सहयोगका लागि 

आमा लिला विकको सम्पर्क नम्बर : ९८०५९६४०६७ वा

बाल हेल्प लाइन उदयपुरकी अध्यक्ष गंगा राई : ९८५२८३५८०३ मा सम्पर्क गर्न सक्नुहुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.