|

काठमाडाैं : चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्वभर फैलिँदो छ। नेपालमा पनि त्यसको सतर्कता अपनाउन थालिएको छ।

कोरोनाबाट बच्न सबैले मास्क लगाउन भनिएको छ। यही कोरोनाको जोखिमबाट बच्न गण्डकी प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री र उनका सहयोगीहरुले पनि मास्क लगाएरै यात्रा गर्ने गरेका छन्। 

पर्यटनमन्त्री विकास लम्सालको टोली सोमबार म्याग्दीको प्राकृतिक औषधालयका रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानीमा पुग्यो ।

तातोपानी कुण्ड र त्यहाँको तातोपानीमा नुहाएर हुने फाइदाबारे र पर्यटनको सम्भावनाबारे तातोपानी कुण्डको व्यवस्थापन पक्षसँग कुरा गरेपछि मन्त्रीको टोलीले पनि तातोपानीमा नुहाउने निर्णय गर्‍यो। 

तातोपानी कुण्डमा नुहाउँदा अरु दिन भन्दा भिन्‍न तस्बिर देखियो। जहाँ मन्त्री र उनका सहयोगीहरुले कालो मास्क नै लगाएर डुबुल्की मारिरहेका थिए। 
मास्कको बन्दोबस्त तातोपानी कुण्ड व्यवस्थापन समितिले गरेको हो।

‘यो अहिले होइन अलि पहिले देखि नै हामीले नुहाउन आउनेहरुलाई मास्क दिने गरेका छौँ,’  व्यवस्थापन समितिका सहसचिव कुमार केसीले भने, ‘कुण्डमा एकैपटक धेरै मानिस नुहाउन जाँदा एक अर्कालाई श्वास नगनाओस् भनेर हामीले त्यसो गरेका हौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.