|

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को क्युरियोसिटी रोभरले मंगलग्रहको हालसम्मकै उच्च रिजोलुशनयुक्त फोटो खिचेको छ।

सन् २०१२ मा मंगलग्रहमा अवतरण भएयताकै सबैभन्दा विस्तृत तस्बिर खिचिएको नासाले जनाएको छ। नासाले मंगलग्रहमा खिचिएका करिब १००० फोटोहरुको पानारोमा तस्बीर तयार पारेको छ। 

तस्बिर हेर्न यहाँ थिच्नहोस्‌

क्युरियोसिटी रोभरले सन् २०१९ मा यसको टेलिफोटो लेन्सबाट मंगलग्रहका ती तस्बिरहरु खिचेको थियो। यी सबै तस्बिरहरु १.८ विलियन पिक्सेलका छन्। अहिले मानिसहरुले दैनिक प्रयोगमा ल्याउने मोबाइलमा औषतमा ५० मेगापिक्सेलको क्यामेरा जडान गरिएको हुन्छ। 

यी तस्बिरहरु गत नोभेम्बर २४ देखि डिसेम्बर १ सम्म खिचिएको नासाले जानकारी दिएको छ। मंगलमा क्युरियोसिटी रोभरले प्राचिन नुनिलो ताल पनि पत्ता लगाएको छ। यो तालको बीचमा १६ हजार ४०४ फुट अग्लो पहाड पनि भेटिएको छ। 

मंगलग्रहस्थित ग्लेन टोरिडोनमा रहेको रोभरले त्यहाँ रहेको चट्टानी थुम्काहरुको पनि विस्तृतमा तस्बिर लिएको छ। रोभरले मंगलग्रहमा केही रासायिनिक परीक्षणहरु पनि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.