|

इथियोपिया : मोरक्कोका नरेश मोहम्मद छैटौँ अफ्रिकन यूनियन (एयू) को शिखर सम्मेलनमा मङ्गलबार सहभागी भएका छन्। अफ्रिकी मुलुक भएर पनि मोरक्को विगत ३३ वर्षदेखि तत्कालीन 'अर्गनाइजेसन अफ अफ्रिकन युनियन' (क्यूएयू) र सोही समूहको परिवर्तित एयूको सदस्य थिएन।

एयूको समापन समारोहमा नरेश मोहम्मद छैटौँले भने,'लामो समयपछि आफ्नो घर फर्किँदा आजको दिन म र मेरो देशका लागि सुन्दर दिन बनेको महसुस भएको छ,' उनले भने,'अफ्रिका मेरो महादेश र मेरो घर हो। अन्तत म घरमा आएको छु र सबैसँग भेट्दा आनन्द अनुभव गरेको छु। विगत लामो समयसम्म म सबैसँग छुट्टिएकोमा एक्लो महसुस भएको थियो।' 

मोरक्काले पश्चिमी सहारालाई छुट्टै सदस्यता प्रदान गरेपछि तत्कालीन क्यूएयूबाट सन् १९८४ मा बाहिरिएको घोषणा आएको थियो। ५४ सदस्यीय एयूका ३९ राष्ट्रले मोरक्कोलाई एयूमा फिर्ता ल्याउने कुरामा सहमति जनाएपछि मोरक्को एयूमा सहभागी भएको हो।  यद्यपि दक्षिण अफ्रिका र अल्जेरियाले मोरक्कोको पश्चिमी सहारालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएसम्म सदस्यता दिइनु नहुने पक्षमा छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.