|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेका ओलीको स्वास्थ्य क्रमिक रूपमा राम्रो भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

स्वास्थ्यमा सुधार भइरहे पनि उनलाई आइसियुमै राखिएको छ। साथै कसैसँग भेटघाट गर्न नदिइएको अस्पतालले जनाएको छ। संक्रमणको जोखिम रहने भएकाले केही दिन भेटघाट बन्द गरिने जनाइएको छ। उनलाई नियमित खानेकरराहरू दिइएको छ भने स्वास्थ्यकर्मीहरूको निरन्तर निगरानी रहिरहेको छ।

शल्यक्रियामा संलग्न चिकित्सकको टोली दिउँसो १२ बजे अनुगमनमा आउने र दिउँसो चार बजे पत्रकार सम्मेलनमार्फत् पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराइने अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.