|

कञ्चनपुर : कञ्चनपुरको बेलौरी र पुनर्वास नगरपालिकामा भएका दुर्घटनामा परी शनिबार दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार  बेलौरी नगरपालिका-४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा पैदल हिँडदै गरेका नौ वर्षीय बालक आकास रानाको मृत्यु भएको छ।

शनिबार नगरपालीका-८ रिछाहा बस्ने आकासलाई म. १ ख ८४९ नम्बरको टिपरले ठक्कर दिँदा टाउकोमा चोट लागि गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित अस्पतालमा पुरयाइएपश्चात उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी, पुनर्वास नगरपालिका-३ स्थीत पशुपती टोलबाट धनगढीतर्फ गैरहेको सु प प्र ०१००१ ह ३०८१ नम्बरको अटो पल्टिदा ३५ वर्षीय अर्जुन धामीको मृत्यु भएको छ। धामीको उपचारका क्रममा प्रदेशिक सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कुकुरलाई बचाउन खोज्दा अटो अनियन्त्रित भई पल्टीदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक पौडेलले बताए। मृतक धामी सोही नगरपालिका-४ का बासिन्दा रहेको बताइएको छ।

अटो रिक्सामा सवार ६४ वर्षीया लक्ष्मी ढकाललगायत दुईजना घाइते भएका छन्। दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतक बालकको शव परीक्षणका लागि प्रदेशिक सेती अस्पताल धनगढीमा राखिएको छ। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.