|

बैतडी : दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा आइतवार बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय  धनसिंह बडाल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। दुर्घटनामा दुहु–४ का २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीय द्रोपती जोशी रहेका छन्। घाइतेमध्ये सुरेन्द्र, हरक, प्रेम र धनराजको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए।

घाइतेहरुको बैतडीमा उपचार हुन नसकेकाले अन्यत्र रेफरको तयारी भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट (१२५७) जिप आइतबार बिहान २ बजे पाटन नगरपालिका–६ पनतोलीमा दुर्घटनामा परेको हो। जिप सडकबाट २५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.