|

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि दुवै संगठनमा नयाँ प्रहरी प्रमुख को हुने भन्ने विषयले चर्चा पाएको छ।

३० वर्षे सेवा अवधिकाका कारण नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका प्रमुख दुर्जकुमार राईले सेवाबाट अवकाश लिने भएपछि नयाँ प्रहरी प्रमुख को हुने भन्ने विषयले दुवैप संगठनमा चलखेल बढेको हो।

नेपाल प्रहरीमा आईजीपी अर्यालसहित ७ प्रहरी अतिरिक्त महानिरीक्षकले एकैपटक अवकाश पाउने भएपछि हाल प्रहरी नायब महानिरीक्षक रहेका मध्येबाट आईजीपी बनाउनुपर्ने बाध्यता छ। नेपाल प्रहरीमा हाल डीआईजीका रूपमा कार्यरत नवराज सिलवाल ज्येष्ठताको हिसाबले एक नम्बरमा रहेका छन्।

उनीसँगै वरियताको तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दले भावी नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गरेपछि संगठनको विवाद छताछुल्ल भएको हो। प्रमुखको दाबेदारको रूपमा २ डीआईजीहरू प्रकाश अर्याल र बमबहादुर भण्डारी पनि रहेका छन्। 

सशस्त्र प्रहरी बलमा भने भावी नेतृत्वका लागि त्यति विवाद नभए पनि केही आईजीहरू आईजीपीप्को लबिङमा लागेका छन्। सशस्त्र प्रहरी बलमा एक नम्बरमा रहेका सिंहबहादुर श्रेष्ठ नयाँ प्रमुख बन्ने देखिएका छन्। तर २ र ३ नम्बरमा रहेका प्रेमकुमार शाही र प्रकाश ओझा पनि आईजीपीको लबिङमा लागेका छन्।

संगठनका एक उच्च अधिकारी भन्छन्, ‘सरकारले अहिलेसम्म जेष्ठताका आधारमा संगठन प्रमुख छान्ने गरेकाले प्रमुख छान्ने गरेकाले खासै विवाद देखिँदैन तर प्रतिस्पर्धीहरूले आफू पनि संगठन प्रमुखको दाबेदार रहेको भन्दै लबिङ गर्नु ठूलो कुरा होइन।’

यसअघि अनिवार्य अवकाश पाउनुभन्दा १ महिनाअघि बिदा बस्ने प्रचलन भए पनि फागुन २ बाट अनिवार्य अवकाश पाउने दुवै संगठनका प्रमुखले बिदा लिएका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.