|

काठमाडौं : मोबाइल एपमा आधारित सञ्चालित टुटल–पठाओविरुद्ध फेरि ट्याक्सीले आन्दोलन थालेका छन्। 

काठमाडौं उपत्यकामा गुड्ने सयौँ ट्याक्सीले मंगलबार अपरान्ह मीनभवनस्थित यातायात व्यवस्था विभागमा घेराउ गरेका हुन्। टुटल–पठाओ बन्द गर्न मागसहित पुगेका सयौँ ट्याक्सीका कारण बानेश्वर र तीनकुने क्षेत्रको यातायात पनि प्रभावित भएको छ।

निजी प्रयोजनका लागि निकालिएका मोटरसाइकलमा यात्रु बोक्न नपाइने भन्दै ट्याक्सी व्यवसायीहरु यातायात विभागमा पुगेका हुन्। प्रहरीका अनुसार उनीहरुले टुटल–पठाओ बन्द गर्नुपर्ने भन्दै विभागका महानिर्देशक गोगनबहादुर हमाललाई ज्ञापनपत्र बुझाउँदैछन्। 

मोबाइल एपका आधारमा चल्ने टुटल–पठाओले दुरीका आधारमा पूर्वनिर्धारित भाडामा मोटरसाइकलबाट यात्रु बोक्न थालेपछि ट्याक्सी व्यवसायीलाई समस्या भएको छ। सरकारले पटक पटक नियमन गरेपनि उपत्यकामा ट्याक्सीको ठगी रोकिएको छैन।

पछिल्लो पटक पठाओले ट्याक्सी पनि प्रयोगमा ल्याएको छ। पठाओले उपत्यकामा चल्ने सामान्य ट्याक्सीलाई नै आफूसँग आवद्ध गरेर मोबाइल एपमार्फत चलाइहरेको छ। 

यसअघि तत्कालीन यातायातमन्त्री रघुवीर महासेठको पालामा टुटल–पठाओ बन्द गर्न खोजिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बरु नियमन गर्न तयार बन्द नगर्न निर्देशन दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.