|

मकवानपुर : आर्थिक वर्ष ०७३–०७४ को सुरुवाती ६ महिनामा घर जग्गाको कारोबार अत्याधिक बढेको छ। यो वर्षको साउनदेखि पुस मसान्त सम्ममा १५ हजार एक सय ३५ वटा घर जग्गा किनबेच भएको मालपोत कार्यालय मकवानपुरका प्रमुख मालपोत अधिकृत मुक्ती नारायण भण्डारीले जानकारी दिए।

घरजग्गाको कारोबारले मात्र यो आर्थिक वर्षको पहिलो ६ महिनामा २५ करोड ७२ लाख ६६ हजार ६ सय ३८ रुपैयाँ राजस्व संकलन भएको उनले बताए। ‘मालपोत कार्यालयले यो आर्थिक वर्षको लागि २१ करोड ५५ लाख रुपैँया राजश्वक संकलनको अनुमान गरेको थियो।  पहिलो ६ महिनामै लक्ष्य भन्दा बढी राजस्व संकलन भैसक्यो,’ भण्डारीले भने।

गएको आर्थिक बर्षमा मालपोतले जम्मा ३१ करोड रुपैया राजस्व  संकलन भएको थियो भने एक वर्षमा १३ हजार सात सय १५ वटा कारोबार भएका थिए । गत बर्षको एक सालको कारोबार भन्दा अहीले ६ महिनाको कारोबार गरेको थियो।

गत वर्षको एक वर्षमा किनबेच भएको घरजग्गा भन्दा यो वर्षको ६ महिनामानै घरजग्गा कारोबार धेरै भएपछि यो वर्ष घरजग्गा किनबेचले मकवानपुरमा रेकर्ड कायम गर्ने संभावना बढेको छ। मकवानपुर जिल्लाभरनै जग्गा प्लटीङ गर्ने कामको बृद्धि भएको कारण पनि घरजग्गा कारोबार बढी भएको कार्यालयको बुझाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.