|
फाइल फोटो

काठमाडौं : विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण नेपालमा मनाइने ऐतिहासिक सेतो मछिन्द्रनाथ रथयात्रा स्थगित भएको छ। सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले शुक्रबार एक प्रेस विज्ञाप्ति जारी गर्दै चैत १९ देखि २१ गतेसम्म मनाइने रथयात्रा स्थगित गरेको हो।

नेपालमा मनाइने सांस्कृतिक परम्परागत जात्रामध्ये सहकालका देवता आर्यवलोकितिश्वर(सेतो मच्छिन्द्रनाथको रथयात्रा पनि मुख्य जात्रा हो।

‘जात्राका लागि सबै तयारी भइरहेको थियो। तर, यस समय कोरोनाको महामारीको संक्रमणको खतरामा रहेको छ। संक्रमणको जोखिमलाई कम गर्न सजगताको लागि जनस्तरबाट पनि भिडभाडका कार्यक्रम नगर्नु उचित हुन्छ। त्यसैले सबै सरोकारवालाहरूको उपस्थितमा भएको छलफलले जात्रा स्थगित गर्ने निर्णय गरिएको जानकारी गराउँदछौँ’ प्रेस विज्ञप्तिमा भनिएको छ। 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.