|

एजेन्सी : ‘बेबी डल’ र ‘चिटियाँ कलैयाँ रे’ बाट चर्चामा आएकी भारतीय गायिका कनिका कपुरलाई  कोरोनाभाइरस संक्रमण भएको छ।

कोरोना संक्रमणपछि उनलाई लखनऊस्थित किङ जोर्जस् मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको दैनिक भाष्करले जनाएको छ। उनी हाल आइसोलेसनमा रहेकी छिन्।

१५ मार्चमा लण्डनबाट फर्किएकी कनिका ताज होटलमा भएको पार्टीमा सामेल भइकी थिइन्। पार्टीमा राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा राजे र उनका छोरा भाजपा सांसद दुष्यन्त सिंह पनि रहेका थिए।   

स्वास्थ्य विभागले पार्टीमा रहेका अन्य व्यक्तिलाईसमेत क्‍वारेन्टाइनमा राखेर अनुसन्धान गर्ने  जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.