बारा : जग्गा व्यवसायी कोल्बी नगरपालिका ११ बेलवा सेर्ही टोलका ४५ वर्षीय बाजिल राय भाटको शव फेला परेको छ। कट्टी बजारदेखि बेलवा आउने रेवाही नदीको ५ मिटर तल पुलमुनि शुक्रबार शव बरामद भएको बारा प्रहरीले जनाएको छ।
शवसँगै उनको ना५५प ४६७८ नम्बरको मोटरसाइकलसमेत बरामद भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। उनको खल्तीमा २० रुपैयाँ मात्र नगद भेटिएको घटनास्थल पुगेका प्रहरीले जनाएका छन्।
शव संकास्पद
इलाका प्रहरी कार्यालय कोल्बीको टोलीले घटनास्थल शव जाँच प्रकृति मुचुल्का तथा अनुसन्धानमा दुवै हात बाधिँएको अवस्था पाइएको जनाएको छ। सुतरी र गहुँको हरियो छ्वालिले बाँधेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मिश्रले जानकारी दिए। घटनाबारे अनुसन्धान गर्न जटिल भएकोले बारा जिल्ला स्वास्थ्यका फोरेन्सिक ल्याबका प्राविधिक टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ।
‘जिल्ला अस्पताल कलैयामा शव परीक्षण गरिएको छ,’ प्रहरी मिश्रले भने, ‘घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकाले अनुसन्धान भइरहेको छ।’ घटना अनुसन्धानका क्रममा केही माथि सोधपुछ भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए। जग्गाको कारोबारी मृतक वाजिरले भैंसी खरिद–बिक्रीको काम पनि गर्दै आएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।