|
फाइल फोटो

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सरकारको कोरोना कोषमा एक महिनाको तलब उपलब्ध गराउने भएका छन्।

उनले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशनसमेत दिर्नेशनसमेत दिएका हुन्।

यसैगरी उद्योगपति वसन्त चौधरीले सरकारले स्थापना गरेको कोरोना कोषमा १ करोड सहयोग दिने घोषणा गरिसकेका छन्। चौधरीले ट्वीटरमा लेख्दै कोरोना कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग दिने घोषणा गरेका हुन्। 

मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ५० करोडको आपतकालीन कोष खडा गर्ने निर्णय गरेको थियो।  कोषमा मन्त्रिपरिषदका सदस्‍यहरुले एक महिनाको तलब जम्मा गर्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आंशिक ‘लक डाउन’ घोषणा गरिसकेका छन्। कोरोनाको संक्रमण फैलन नदिन सरकारले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान र अवतरण रोकिसकेको छ भने दुवै छिमेकीसँगको सीमा नाका बन्द गरिसकेको छ। शैक्षिक संस्थादेखि लामो दूरीमा चल्ने सार्वजनिक यातायातको आवागमनमा समेत रोक लगाइसकिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.