|

  • भुपाल थापा

कपिलवस्तु : कुनै समय सिटामोलसमेत सहजै उपलब्ध नहुने कपिलवस्तुको दक्षिणी भेगका स्वास्थ्य संस्थामा अहिले प्रयाप्त मात्रामा औषधि उपलब्ध हुन थालेको छ। विभिन्न प्रकोपबाट ग्रसित रहने न्युन आय भएका जनताहरु घरदैलोमै प्रयाप्त औषधि पाउन थालेपछि खुसी छन्। 

विगतका वर्षहरुमा ३ लाखभन्दा बढी रकमको टेण्डर स्वीकृत नहुँदा भने अनुसारका औषधिको अभाव खड्किदै आएको थियो। यो वर्षमा हालसम्मकै सर्वाधिक रकम ३२ लाखको औषधिको टेण्डर स्वीकृत भएपछि ३१ प्रकारका औषधिहरु आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्रप्रसाद भगतले बताए। जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थामा एक हप्ताभित्रै उक्त औषधि वितरण गरिसक्ने उनले बताए।

जिल्लाका ३ वटा हेल्थपोष्ट, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा अस्पताल, ५ वटा सहरी स्वास्थ्य क्लिनिकमा उक्त औषधी पु¥याउने कार्यालय प्रमुख भगतले बताएका छन्। ‘गुगौलीको जवाबैराठ, पतरियाको छपिया र शिवगढीको धानखोलाका सामुदायिक स्वास्थ्य इकाइमा पनि औषधी बितरण गरिनेछ,’ उनले बताए। ५ दिनभित्रै सम्पूर्ण औषधि वितरण गरिसक्ने उनको दाबी छ।

बिहिबार मात्र १० वटा गाविसमा औषधि वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। शुक्रबार २० वटा गाविसमा औषधि बितरण गर्ने तयारी गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.