पाँचथर : फ्रान्सबाट नेपाल आएकी कोरोना संक्रमित महिलासँगै कतारबाट आएका पाँचथरका दुई जनालाई मोरङको टाडीमा रहेको क्वारेन्टाइनमा राख्नका लागि लगिएको छ। उनीहरूलाई घरबाट नै एम्बुलेन्समा बुधबार साँझ मोरङ लगिएको हो।
चैत्र ४ गते क्युआर ६५ फ्लाइटबाट नेपाल आएका मध्ये फाल्गुनन्द गाउँपालिका १ नवमी डाँडाका एकजना र फिदिम ६ सिवाका एक जनालाई सुरक्षित क्वारेनटाइनमा पठाइएको हो।
कतारबाट आएका दुई जनालाई सुरक्षित क्वारेनटाइनमा राख्न मोरङको टाडी पठाइएको र परिवारलाई भने होम क्वारेनटाइनमा राखिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए। उनीहरू काठमाण्डौँबाट विर्तामोडसम्म बसमा आएको खुल्न आएको छ।
झापाको विर्तामोडदेखि मेची राजमार्गको सामदिन हुँदै घरसम्म गएको खुलेको छ। हाल दुवैको स्वास्थ्य सामान्य रहेको पनि जानकारी दिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।