तस्करी गर्दैगर्दा मलेसियाको क्वालालाम्पुरमा नियन्त्रणमा लिइएको सालकमा कोरोना भाइरससँग सम्बन्धित जिवाणु भेटिएको छ।
सो सालक चीनतर्फ तस्करी गर्दै गरेको अवस्थामा समातेर जाँच गरिएको थियो। जाँचका क्रममा सालकको शरीरमा कोरोनासँग धेरै हदसम्म मिल्ने भाइरस भेटिएको बीबीसीले उल्लेख गरेको छ।
सालक तस्करीमा गैह्रकानुनी भएपनि संसारभर यसको अवैध ओसारपसार हुने गरेको छ। चीनमा मासु र परम्परागत औषधीजन्य प्रयोजनका लागि तस्करले सालक लैजाने गर्छन्।
अहिले निम्तिएको कोरोना विपत्तीजस्तै भविष्यमा निम्तिनसक्ने सम्भावित महामारी रोकथाम गर्न तत्काल वन्यजन्तुको तस्करी र कारोबार बन्द गर्न आग्रह भइरहेको छ।
नेपालको रारा, मकालु–बरुण, शिवपुरी–नागार्जुन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि सालक पाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।