|

काठमाडौं: सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाडौं महानगरले निष्संक्रमाक औषधि छर्किने कामलाई निरन्तरता दिएको छ। पाँच दिनसम्म औषधि छर्कने कामलाई निरन्तरता दिइने महानगरपालिकाले जनाएको छ।

शुक्रबार सातवटा साना र ठूला ट्यांकरले औषधि छरेका छन्। तीनवटामध्ये एउटाले पशुपति क्षेत्र, लैनचौर क्षेत्र र गोंगबु बसपार्क क्षेत्रमा औषधि छर्केका छन्। 

साना ट्यांकरले भित्री चौक वसन्तपुर, क्षेत्रपाटी,ठमेल तथा सहरका भित्री भागमा औषधि छर्केका छन्। महाराजगन्जस्थित शिक्षण अस्पताल र वीर अस्पतालमा पनि औषधि छर्किएको छ। 

महानगरपालिकाको प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार औषधि छर्किन बिहानैबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याकंर परिचालन गरिएको छ। 

४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिकस्थलमा छर्किएको हो। विशेषगरी बढी भिडभाड हुने ठाउँमा औषधि छर्किने काम भइरहेको उनले बताए। 
'महानगरका कर्मचारीले सुरक्षा दृष्टिकोणले सबै सामग्री प्रयोग गरेर काम गरिरहेका छन्,' उनले भने, 'फोहोर व्यवस्थापनको कामलाई पनि निरन्तरता दिइरहेका छौ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.