कोभिड-१९ {अपडेट}

सल्यानको छत्रेश्वरीमा २३ वेडको क्वारेन्टाइन, तीनवटा एम्बुलेन्स तयारी अवस्थामा

चैत १५, २०७६

    सल्यान : जिल्लाको छत्रेश्वरी गाउँपालिकाले २३ वेडको क्वारेन्टाइन निर्माण गरेको छ। कोरोना भाइरसबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले क्वारेनटाइन स्थापना गरेको हो। 

    सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए। छत्रेश्वरी गाउँपालिकाको दमाचौर स्वास्थ्यचौकी, जयचौर स्वास्थ्यचौकी र भोटेचौर स्वास्थ्य चौकीमा ५/५ वेड र प्राथमिक स्वास्थ्यचौकी लेखपोखरामा ८ वेडको क्वारेन्टाइन निर्माण गरिएको उनको भनाई छ। 

    क्वारेन्टाइनमा आवश्यक औषधि र उपकरणको समेत व्यवस्था मिलाइएको अध्यक्ष केसीले बताए। उनले भने, 'गाउँपालिकाका चार स्थानमा क्वारेन्टाइन निर्माण गरेका छौं। कारोना संक्रमित कुनै व्यक्ति आएका क्वारेन्टाइनमा राखी थप उपचारका लागि बाहिर रिफर गर्ने छौं।' कोरोना संक्रमितको संख्यामा वृद्धि आएका विद्यालय तथा सामुदायिक भवनहरू समेत प्रयोगमा ल्याउन सकिने उनको भनाई छ। 

    तीनवटा एम्बुलेन्स तयार  

    यस्तै छत्रेश्वरी गाउँपालिकाले कोरोना भाइरस संक्रमितको अत्यावश्यक उपचारका लागि तीनवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाइएको छ। भाइरसको संक्रमणको आशंका लागेमा थप उपचारका लागि जानु परेमा २४ सै घण्टा सेवा दिन एम्बुलेन्स तयार पारेको अध्यक्ष केसीले बताए। गाउँपालिकाका जुन सुकै स्थानबाट पनि उपचारका लागि एम्बुलेन्सको प्रयोग गर्न सकिने उनको भनाई छ। 

    महामारीको यस अवधिमा गाउँ टोलमा कोही शंकास्पद वा संक्रमित व्यक्ति भेटिएमा खबर गर्न उनले आग्रह गरेका छन्। साथै उनले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन, भीडभाड नगर्न, अनावश्यक भेटघाट नगर्न र संयमित भएर घरमै बस्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]