|

गुल्मी : गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राख्ने भएको छ।

पालिकाभित्र प्रत्येक वडामा रहेको महिला स्वास्थ्य स्वयंसेवीका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको  गाउँपालिकाले जानएको छ। भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना संक्रमणको उच्च जोखिम रहने भएकोले उनीहरूको पहिचानको लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए।

‘झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेको र ‘यसबाट अन्य तथ्यांक संकलनमा पनि सहज हुने उनले दाबी गरे।

गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ। गुल्मीदरबार गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयंसेविका रहेका छन्। अबको एक हप्ता उनीहरूलाई खाजाको व्यवस्था गरेर परिचालित गरिने छ।

अब स्वास्थ्य स्वयंसेवीकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए।

गाउँपालिकामा एक हप्तादेखि स्वास्थ्यकर्मीबीच भिडियो कन्फ्रेन्स हुँदै आएको छ। भिडियोमा दैनिक गतिविधिको समीक्षा गर्ने र योजना बनाउने गरिएको अर्यालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.