सामाजिक सञ्‍जालमा चर्को आलोचना

|
ग्यास सिलिण्डर बोकेकालाई सजाय दिँदै प्रहरी । तस्बिर : सामाजिक सञ्‍जाल

काठमाडौं  : खाना पकाउने ग्यासको सिलिन्डर बोकेको व्यक्तिलाई प्रहरीले उठबस गराएर कारबाही गरेको तस्बिर यतिबेला सामाजिक सञ्‍जालमा भाइरल भइरहेको छ। यो तस्बिरले कोरोना भाइरस नियन्त्रणका लागि अहम् भूमिका खेलिरहेको प्रहरीको चर्को आलोचना भइरहेको छ।

यो तस्बिर भाइरल भएसँगै प्रहरीले आवश्यक छानबिन अघि बढाएको छ। तस्बिरको वास्तविकता पत्ता लगाउन प्रहरीले छानबिन अघि बढाएको हो। 

ग्यास सिलिन्डर बोकेका व्यक्तिलाई एकजना प्रहरीले सडकमै उठबससहित कारवाही गरेको तस्बिर आइतवारदेखि सामाजिक सञ्‍जालमा भाइरल बनेको थियो। 

सामाजिक सञ‍जाल प्रयोगकर्ताहरुले यस तस्बिरलाई लिएर प्रहरीले जनताको आवश्यकता नबुझी कारवाहीमा उत्रेको भन्दै भन्दै आलोचना गरेका थिए।

सामाजिक संजाल प्रयोगकर्ता लेख्छन, 'यस किसिमको प्रहरीको हर्कत ज्यादै ज्याजतिपूर्ण रहेको छ। यसले आमजनतामा निराशा थपिएको छ।'

सोमबार बिहान एक सन्देश लेख्दै प्रहरी प्रधान कार्यालयले यस  विषयमा व्यापक जनगुनासो आएकोले छानबिन हुने बताएको छ। प्रहरी प्रधान कार्यालयको सन्देशमा भनिएको छ, 'यो कहाँको घटना ? यसबारे छानबिन अगाडि बढिरहेको छ। अहिलेसम्म यो घटना कहाँ भएको हो? र, यी व्यक्ती को हुन भन्‍नेबारे जानकारी आएको छैन। हामी अनुसन्धान गरिरहेका छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.