|

धादिङ : जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र उद्धारकर्मीहरुको लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को अभाव बढ्दै गएको छ। बजारमा पिपिईको अभाव भएपछि धादिङका एम्बुलेन्स चालक र सोसियल भालेन्टियरहरुले आफैंले पिपिई तयार पारेर प्रयोग गर्न थालेका छन्।

एम्बुलेन्स चालक समाज धादिङ र सोसियल भालेन्टियर धादिङले ९० वटा पिपिई निर्माण गरी प्रयोगमा ल्याएका हुन्। धादिङमा कार्यरत ५६ जना एम्बुलेन्स चालक, ११ जना सोसियल भोलेन्टियर र अस्पतालका एक सुरक्षाकर्मीले अहिले जिल्लाम तयार भएको पिपिई प्रयोग गर्न थालेको एम्बुलेन्स चालक समाज धादिङका अध्यक्ष भेषराज ठकुरीले बताए।

यसअघि पिपिई नहुँदा एम्बुलेन्स चालकहरुले रेनकोटलगायतका सामग्री प्रयोग गरेर आफूलाई सुरक्षित राख्ने प्रयास गर्दै आएका थिए। स्वास्थ्यकर्मीभन्दा पनि पहिले एम्बुलेन्स चालक र सोसयिल भोलिन्टियर जोखिममा पर्ने भएकाले स्वास्थ्य कार्यालय धादिङसँग अनुमति लिएर पिपिई तयार पारिएको अध्यक्ष ठकुरीले बताए।

पिपिई एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न कम्तीमा ४८ घण्टा कुर्नुपर्ने हुन्छ। त्यसैले एम्बुलेन्स चालक र सोसियल भोलेन्टियरलाई कम्तीमा दुई दुई थान पिपिई वितरण गर्ने लक्ष्य राखिएको सोसियल भोलेन्टियरका अध्यक्ष नारायणकुमार श्रेष्ठले बताए। चालक समाज र सोसियल भोलिन्टियरको तर्फबाट एक लाख ५० हजाररुपैयाँ लगानीमा जिल्लामै पिपिईको तयार पारिएको श्रेष्ठले वताए। 

स्थानीय स्तरमै बनाइएको पिपिईको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुन नसके पनि जोखिममा काम गर्ने मान्छेले कम्तीमा आफुलाई सुरक्षित महसुस गरेर काम गर्न सक्यो भने जोखिम न्युनीकरणमा सहयोग पुग्ने सोसियल भोलिन्टियरहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.