कोभिड-१९ {अपडेट}

नेपालमा हालसम्म ११ सय ३३ जनामा कोरोनाको नमुना परीक्षण

चैत १९, २०७६

    काठमाडौं : सरकारले बुधबारसम्म नेपालमा ११ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको जनाएको छ।

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्‍तर्गत स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.विकास देवकोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा हालसम्म देशभरी एक हजार एक सय ३३ जना शंकास्पद बिरामीको मात्र कोरोना भाइरसको नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्।

    सरकारले सुरु गरेको कल सेन्टरमा हालसम्म २ हजार ३ सय जनाले रिपोटिङ गरेको र त्यसमध्ये १२–१३ जनाको लक्षण मात्र कोरोना भाइरससँग मिलेकोले उनीहरूको पनि परीक्षण गर्ने तयारी गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]