अर्थ

डिजेल, पेट्रोल, मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो

चैत १९, २०७६

    काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।  कोभिड-१९ भाइरले कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा विक्री मूल्य १० रुपैयाँ प्रतिलिटरले घटाएको हो। 

    यो निर्णय बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिले गरेको हो। निगमका अनुसार १ अप्रिलमा इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलिय पदार्थको मूल्य घटाइएको हो। 

    यो निर्णयसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ९६ रुपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ८५ रुपैयाँ  भएको छ। 

    आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटेको छ। अब हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ।

    बाह्‍य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०. ९५ डलर कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको  निगमले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]