आज संक्रमित भेटिने बागलुङकी ६५ वर्षीया महिला

|

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) का छैटौं संक्रमित भेटिएका छन्। कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको पाइएको हो। 

आज संक्रमित भेटिने बागलुङकी ६५ वर्षीया महिला भएको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार निजको  कोरोना संक्रमण सम्बन्धी टेकु स्थित केन्द्रीय प्रयोगशालामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो । 

उनी पनि चैत ४ मा बेल्जियमबाट कतार हुदै नेपाल आएकी थिइन। उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं अवतरण भएको बुझिएको छ ।

योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ। यसअघि फ्रान्सबाट दोहाहुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट सोही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।

यसअघि दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

त्यसअघि कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। 

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

त्यसपछि ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि भने सरकारले देशभर लकडाउनको घोषणा गरेको छ। चैत ११ गतेदेखि १८ सम्मका लागि लागु गरिएको लकडाउन  २५ चैत सम्मका म्याद थप गरिएको छ ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.