खोटाङ : कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जना युवाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।
फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका ३ का राई थरका युवाको रिपोर्ट नेभेटिभ देखिएको हो।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परीक्षणका क्रममा उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। घर आएको १४ दिनभन्दा बढी वितिसकेको भए पनि संक्रमण भए/नभएको यकिन गर्नका लागि उनको स्वाव परीक्षणका जिल्ला अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत चैत २१ गते राती धरान पुर्याइएको थियो।
सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टाइनमा राखिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।