|

  • नमिन ढकाल

इलाम : ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले सरकारभित्रकै मन्त्रालयहरुबीच समन्वय हुन नसक्दा हस्तक्षेपकारी ढंगले काम गर्नुपरेको बताएका छन्। उनले एउटा फाइल ९ महिनासम्म अल्झिने गरेकाले विकासको गति सुस्त भएको बताए। 

देश विकासका लागि सरकारले उर्जाक्षेत्रमा लगानी बढाउने उनले बताए। १५ वर्षभित्र जनताले विकासको अनुभुति गर्ने गरी सरकारले तिव्र गतिमा काम अघि बढाएको बताए। पूर्वी नेपालमा निर्माण हुँदै आएका विद्युत आयोजना र प्रशारण लाइनको निरीक्षणपछि इलाममा आयोजित अन्तरक्रियामा मन्त्री शर्माले जनताप्रति उत्तरदायी भएर सरकारले काम गरिरहेको बताए।  

उर्जा मन्त्रालयले संचालन गरेका जिल्लास्तरका योजना असारभित्र सक्ने तयारी रहेको उनले बताए। ‘साना आयोजनाहरु चालु आर्थिक वर्षको असार मसान्तमा सक्नुपर्नेछ। तोकिएको समयमा काम नसके सम्बन्धित योजना प्रमुखलाई कारबाही गरिनेछ।’जग्गा मुआब्जाका कारण समयमा काम हुन नसकेको काबेली कोरिडोर विद्युत प्रशारण लाइन आगामी जेठ भित्र सम्पन्‍न हुने मन्त्री शर्माले बताए। जनताकै लगानीमा जलविद्युत् उत्पादन गर्न उर्जा मन्त्रालयले ‘नेपालको पानी जनताको लगानी’ अभियान सञ्चालन गरेको उनले बताए।

उनले साना–ठुला जलविद्युत परियोजनाहरुको निर्माण जनताकै लगानीमा सम्भव हुने भएकाले यस्तो अभियान उर्जा मन्त्रालयले  सञ्चालन गरेको बताए।‘जनतालाई जलविद्युत् उत्पादनका लागि लगानीमा उत्साहित तुल्याउन ऊर्जा मन्त्रालयले वेबसाइटमार्फत लगानी प्रतिबद्धता पनि सार्वजनिक गर्न लगाएको छ। नेपाली जनतासँग लगानीको क्षेत्र नभएकाले अब उर्जा क्षेत्रमा लगानी गरी आगामी १० वर्षमा देशले २० हजार मेगावट बिजुली उत्पादन गरी औद्योगिक क्षेत्रको स्थापना गरेर देशभित्रै सदुपयोग गर्नुपर्छ,’ शर्माले भने। 

मन्त्री शर्माले ७ सय ६२ मेगावाटको तमोर जलशाययुक्त जलविद्युत परियोजनालाई सरकारले जनतासँग मिलेर स्वदेशी लगानीमै बनाउने बताए। ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित पूर्वी नेपालको भ्रमणका निस्किएका मन्त्री शर्माले ताप्लेजुङ पाँचथर, इलामका विद्युत आयोजना र प्रशारण लाइनको निरीक्षण गरे।

सोही कार्यक्रममा देशलाई लोडसेङिमुक्त बनाउने अभियानमा प्रतिबद्ध भएको भन्दै आदिवासी जनजाति महासंघ इलामले उर्जामन्त्री हित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्रालयका सचिव अनुपकुमार उपाध्ययलाई सम्मान गर्‍यो। 

झापाको दमकमा आइबार लोडसेडिङको मारमा परिरहेको बेला तस्करी नियन्त्रण गरी लोडसेडिङ अन्त्य गरेकोमा मन्त्री शर्मा र घिसिङलाई जनस्तरबाट नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.