|

एजेन्सी : इंलिस प्रिमियर लिग लिडर चेल्सीले उपाधिमाथिको आफ्नो दाबेदारीलाई बलियो बनाउने क्रममा आर्सनललाई ३-१ ले हराएको छ।

घरेलु मैदानमा स्ट्याफर्ड ब्रिजमा चेल्सीलाई महत्वपूर्ण जीत दिलाउने क्रममा मार्कोस अलन्सो,इडेन हाजार्ड र सेस फाब्रिगासले एक एक गोल गरे। अलन्सोले खेलको १३ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। ५३ मिनेटमा इडेन हाजार्ड र ८५ औं मिनेटमा सेस फाब्रिगासले चेल्सीका लागि गोल गरे। इन्जरी समयमा ओलिभर गिराउडले आर्सनलबाट गोल फर्काएका थिए।

यस नतिजासँगै शीर्ष स्थानको चेल्सी २४ खेलबाट ५९ अ‌ंक बटुल्न सफल भयो। लिगको दोस्रो स्थानमा टोट्टेनह्याम छ। 

हारपछि बाबजुद आर्सनल तेस्रो स्थानमा यथावत् छ। लिगअन्तर्गत हल सिटीसँग २-० ले पराजित भएपछि लिभरपुलले आर्सनललाई उछिन्‍ने अवसर गुमायो। लिभरपुल चौथो स्थानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.