|

काठमाडौं : के तपाईं अमेरिका जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको च्युरा चपाएसरह हुने अवस्था उत्पन्न भएको छ। विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ। अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नीतिले गर्दा नेपालीलाई मात्र  होइन विश्वभरकै आप्रवासीलाई समस्या उत्पन्न भइरहेको छ।

ट्रम्पको अहिलेको पहिला अमेरिकी नागरिकलाई प्राथमिकता भन्ने मूल नाराकै कारण अन्य देशका मानिस अफ्ठेरोमा पर्ने अवस्था सिर्जना भएको छ। अमेरिकामा अध्ययनरत एक नेपालीले शुक्रबार त्यहाँबाट फोनमा जानकारी गराए अनुसार उनको कलेजले बिदाको बेलामा पनि नेपाल फर्केर नजान भनेको छ। उनका अनुसार गएपछि भिसा भएर पनि फर्केर आउन गाह्रो हुनसक्ने भएकाले कलेज प्रशासनले त्यसो भनेको हो।

अर्कातर्फ डीभी परेर त्यहाँ पुगेका वा भिसा अवधि बाँकी रहेका नेपाली लगायत अन्य देशका नागरिकलाई पनि आफ्नै देशमा जाऊ भनेर धम्क्याउने क्रम बढ्न थालेको छ। कतिपयको त कोठाको ढोकामा नै 'तिम्रै देश जाऊ' भनेर टाँसिएको समेत पाइएको ती नेपाली विद्यार्थीले बताए। यो अवस्थाले गर्दा अहिले अमेरिकामा रहेका नेपाली आतंकित भइरहेका छन्।

अमेरिकी राष्ट्रपतिले यसअघि नै मुस्लिम देशहरु इरान, इराक, लिबिया, सोमालिया, सुडान, सीरिया र यमनका नागरिकलाई ९० दिनका लागि अमेरिकामा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.